• Saturday 24th of October 2026

आज यी जिल्लाका नदी तथा खोलामा बाढीको जोखिम


  • धनकुटा खबर
  • .

काठमाडौं । देशका केही भू–भागमा आज बाढीको जोखिम रहेको छ । दोलखा, सिन्धुपाल्चोक, गोरखा, लमजुङ, कास्की, डोल्पा, जाजरकोटका नदी तथा खोलामा बाढीको जोखिम रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

रुकुम पश्चिम, बाजुरा, अछाम, डोटी र आसपासका जिल्ला भएर बग्ने अधिकांश नदी तथा खोलामा बहाव बढ्ने तथा केही खोलामा आकस्मिक बाढीको मध्यम जोखिम रहने पूर्वानुमान रहेको विभागको भनाइ छ ।
वाग्मतीसहित यी प्रदेशमा छ आज भारी वर्षाको सम्भावना
आगामी तीन दिन कोसी, नारायणी र यसका प्रमुख सहायक नदीहरू तथा कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती र बबई नदीको जलसतह बढ्नेछ ।

महाकाली, कर्णाली र यसका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖