• Saturday 24th of October 2026

एक विवाहित युवती घरभित्रै मृत फेला


  • धनकुटा खबर
  • .

धनगढी । धनगढीमा एक विवाहित युवती घरभित्रै मृत फेला भेटिएकी छन् ।

प्रहरीका अनुसार धनगढी उपमहानगरपालिका-४ नवजीवन अस्पताल पछाडि बस्ने सुनिल चौधरीकी २३ वर्षीया श्रीमती राधिका चौधरी मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहोराका अनुसार राधिका मृत भेटिएको कुरा उनका आफन्तहरुले नै खबर गरेका थिए ।

मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖