• Saturday 24th of October 2026

काठमाण्डौ फर्किन थाले बङ्गलादेशबाट नेपाली विद्यार्थी


  • धनकुटा खबर
  • .

काठमाण्डौ । सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा बङ्गलादेशमा चलिरहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाण्डौ फर्किन थालेका छन् ।

यसै क्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनीहरू बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायत ठाउँबाट स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिनुभयो ।

यसैबीच बङ्गलादेशबाट आज झण्डै आठ सय जना विद्यार्थी नेपाल आइसकेका मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीहरूका लागि सहजीकरण गरिरहेको छ । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकामा रहेको नेपाली दूतावासका अधिकारीहरूलाई नेपाली विद्यार्थीहरूको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।

परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीहरूको सहयोगका लागि मन्त्रालयमा ुहेल्प डेस्कु स्थापना गर्न लगाउनुका साथै ढाकामा रहेको नेपाली दूतावाससँग आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖