• Thursday 8th of October 2026

नेपालले पाकिस्तानलाई दियो १०९ रनको लक्ष्य


  • धनकुटा खबर
  • .

काठमाडौं । एसिया कपको ईतिहासमा पहिलो पटक सेमिफाइनलमा स्थान बनाउँन नेपालले पाकिस्तानलाई १ सय ९ रनको लक्ष्य दिएको छ ।

श्रीलंकामा जारी नवौं संस्करणको एसिया कपमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनायो ।

नेपालका लागि कविता जोशीले २३ बलमा ४ चौका र १ छक्काको सहयोगमा अविजित ३१ रन बनाईन् । जोशीले एसिया कपको ईतिहासमा नेपालको लागि पहिलो छक्का समेत प्रहार गरिन् ।

ओपनर सिता राना मगरले ३० बलमा २६ तथा पुजा महतोले ३२ बलमा २५ रन बनाईन् । कविता कुवँरले १३ बलमा १३ रन बनाईन् ।

पाकिस्तानका लागि सदिय इकवालले दुई तथा फतिमा सानाले एक विकेट लिईन् ।

यस खेलमा पाकिस्तानलाई पराजित गर्दै नेपाल ऐतिहासिक रुपमा पहिलो पटक फाइनलमा स्थान बनाउँन चाहन्छ । समूह ए बाट लगातार दुई जितका साथ सेमिफाइनलमा स्थान बनाइसकेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖