• Saturday 24th of October 2026

अब कुखुराको मासुको खुद्रा मूल्य ३४० रुपैयाँ


  • धनकुटा खबर
  • .

देशभर कुखुराको मासुको मूल्यमा प्रतिकिलो ८० रुपैयाँले कमी आएको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेलबासेका अनुसार असारमा ४२० रुपैयाँ प्रतिकिलोमा बिक्री भएको मासुको खुद्रा मूल्य अहिले ३४० रुपैयाँ कायम भएको छ।

साउन लागेसँगै मासु खपत घटेकाले मूल्यमा पनि कमी आएको बेलबासेले बताए। खपतमा कमी आएसँगै ज्युँदो कुखुराको मूल्य पनि प्रतिकिलो १० रुपैयाँले घटेर २५० रुपैयाँ कायम भएको उनले जनाए।

व्यवसायी संघका अनुसार, हाल उत्पादनको ५० देखि ६० प्रतिशत मात्रै कुखुरा खपत भइरहेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖