• Saturday 24th of October 2026

घट्यो ठूलो गोलभेँडाको मूल्य


  • धनकुटा खबर
  • .

सोमबार बजारमा ठूलो गोलभेँडाको मूल्य घटेको छ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले यस्तो देखाएको हो।

समितिको तथ्यांक हेर्दा आइतबारको तुलनामा सोमबार ठूलो गोलभेँडाको मूल्य प्रतिकिलो ३० देखि ४० रूपैयाँले घटेको छ।

सोमबार कालीमाटी बजारमा ठूलो गोलभेँडा थोक मूल्य प्रतिकिलो ६० देखि ७० रूपैयाँमा कारोबार भइरहेको छ।

आइतबार थोक मूल्य प्रतिकिलो ९० देखि एक सय रूपैयाँ थियो।
सीमानाकामा भारतीय ठूलो गोलभेँडा भित्रिएकाले मूल्य घटेको व्यवसायीहरूले बताएका छन्।

समितिको तथ्यांक हेर्दा यस अघि ठूलो गोलभेँडाको मूल्य एक सय १० देखि एक सय २० रूपैयाँमा कारोबार भइरहेको थियो। आइतबारदेखि थारै बढ्न थालेको देखिन्छ।

त्यस्तै, सोमबार सानो लोकल र टनेल गोलभेँडाको मूल्य भने आइतबारको तुलनामा थोरै बढेको छ। आइतबार लोकल गोलभेँडा थोक मूल्य प्रतिकेजी १२ देखि १८ रूपैयाँ र टनेल गोलभेँडा १७ देखि ३० रूपैयाँमा बिक्री भइरहेको थियो।

सोमबार सानो लोकल गोलभेँडा १६ देखि २० रूपैयाँ छ भने टनेल गोलभेँडा २२ देखि ३२ रूपैयाँमा बिक्री भइरहेको समितिको तथ्यांकले देखाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖