• Saturday 24th of October 2026

कारले ठक्कर दिँदा ३ जना घाइते


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ साउन । काठमाडौंको कुलेश्वरमा कार दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

गएराति कालिमाटीबाट बल्खुतर्फ जाँदै गरेको बा. ११ च ५९१६ नम्बरको कारले ठक्कर दिँदा तीन जना पैदल यात्री घाइते भएको प्रहरी वृत्त कालिमाटीले जनाएको छ ।

विपरीत दिशाबाट आउँदै गरेका यात्रुलाई कारले ठक्कर दिएको थियो ।

घाइतेहरूको बल्खुस्थित बयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖