• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

पेट्रोलियम पदार्थको मूल्य बढ्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । पेट्राृलियम पदार्थको मूल्य बढेको छ ।

नेपाल आयल निगमले आज राती १२ बजेदेखि लागु हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ, र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो ।

योसँगै तेस्रो वर्ग अन्तर्गतका शहरहरु काठमाडौं पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका बाँकी क्षेत्रमा १५६‍‍‍.५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेलको मूल्य तेस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १४८.५० रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖