काठमाडौँ । नेपाली कांग्रेसका युवा नेता अजयवावु शिवाकोटीले आफू प्रहरी हिरासतबाट मुक्त भएको बताएका छन् ।
मंगलबार बालुवाटारबाट शिवाकोटीसहित केही अधिकारकर्मीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
उनले प्रहरी नियन्त्रणबाट मुक्त भएलगत्तै भने– ‘म सहित सबै अभियानकर्मी निस्कियौँ ।’
प्रदर्शनका क्रममा शिवाकोटीसहित रुबी खान सहितका अधिकारकर्मीहरू बालुवाटारबाट पक्राउ परेका थिए ।
