• Wednesday 7th of October 2026

साजिद खानले ७ विकेट लिएपछि इङल्याण्ड २९१ रनमा अलआउट


  • धनकुटा खबर
  • .

काठमाडौँ – पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा इङल्याण्ड २९१ रन बनाएर अल आउट भएको छ ।

पाकिस्तानका बलर साजिद खानले ७ विकेट लिएपछि इङल्याण्ड २९१ रनमा अल आउट भएको हो । इङल्याण्डका लागि पहिलो इनिंगमा बेन डुकेटले ११४ रन बनाए भने अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् ।

पाकिस्तानका बलर साजिद खानले ७ विकेट लिएका थिए । त्यस्तै नोमन अलीले ३ विकेट लिएका थिए ।

यस अघि पाकिस्तानले आफ्नो पहिलो इनिंगमा ३६६ रन बनाएको थियो । अब पाकिस्तानले आफ्नो दोस्रो इनिंगको ब्याटिङ शुरु गर्दै छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖