• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

तत्काल पक्राउ गरी अनुसन्धान गर्न माग गर्दै प्रधानमन्त्री ओली र व्यवसायी गुरुङविरुद्ध उजुरी


  • धनकुटा खबर
  • .

काठमाडौं, १ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओली र व्यवसायी मिनबहादुर गुरुङविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

एमाले पार्टी कार्यालय बनाउन व्यवसायी गुरुङले दिएको १० रोपनी १४ आना जग्गाको विषयलाई लिएर युवराज पौडेलले उनीहरुविरुद्ध अख्तियारमा उजुरी दिएका हुन् ।

उजुरीकर्ताले ओली–गुरुङलाई तत्काल पक्राउ गरी अनुसन्धान अघि बढाउन माग गरेका छन् ।

‘विवादास्पद व्यक्तिबाट करोडौं रुपैयाँको जग्गा घुस वापत लिने र करोडौं खर्च गरी पार्टी कार्यालयसमेत बनाउन लगाउने प्रधानमन्त्री केपी शर्मा ओली र आफ्नो व्यक्तिगत एवं व्यवासायगत लाभ लिने, आफ्ना मुद्दा खारेज गर्ने नियतका साथ करोडौंको जग्गा घुस दिने भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङ भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) बमोजिम तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्नुपर्ने मानसिव देखिएको…,’ उजुरीमा भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖