• Friday 6th of November 2026
  • ट्रेण्डिङ :

ठाकुर विपक्षी दलको बैठकमा पुगेपछि सत्ता गठबन्धनमा तरंग


  • धनकुटा खबर
  • .

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर विपक्षी दलहरुको बैठकमा सहभागी भएका छन् । ठाकुरको पार्टीबाट शरदसिंह भण्डारी श्रममन्त्री रहेका छन् ।

विपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको विपक्षी दलहरुको बैठकमा ठाकुरको उपस्थितिलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

सरकारमा सहभागी भएर पनि ठाकुर प्रचण्डले बोलाएको बैठकमा सहभागी जनाएर सरकारप्रतिको असन्तुष्टि पोखेको रुपमा बुझिएको छ । यस घटनालाई सत्ता गठबन्धनबीच तरंग पैदा भएको छ ।

यसले सत्ता गठबन्धन तलमाथि नहुने भएपनि गठबन्धनमा सबै कुरा ठिक नभएको रुपमा बुझिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖