• Tuesday 6th of October 2026

पुजा प्लेयर अफ द म्याच घोषित


  • धनकुटा खबर
  • .

काठमाडौ । आइसिसि यु १९ महिला विश्व कपको एसिया क्षेत्र छनोटमा थाइल्यान्डविरुद्धको खेलमा नेपालकी कप्तान पुजा महतो प्लेयर अफ द म्याच घोषित भएकी छिन् ।

थाइल्यान्डलाई बुधवार ६७ रनले पराजित गर्दै नेपाललाई सुखद सुरुवात गराउन अलराउन्डर प्रदर्शन गरेकी पुजाले प्लेयर अफ द म्याच अवार्ड पाएकी हुन् ।

पुजाले थाइल्यान्डविरुद्ध ४० बलमा ३ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाएकी थिइन् । पुजाले बलिङ तर्फ भने ३ ओभरमा १५ डट राख्दै ३ रन खर्चिएर २ विकेट लिएकी थिइन् ।

१ सय ३ रनको लक्ष्य पछ्याएको थाइल्यान्ड ११.४ ओभरमा ३५ रनमा अलआउट भएको थियो । थाइल्यान्डका ओपनर तथा कप्तान अफिसाराले १३ रन बनाउँनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउँन सकेनन् ।

नेपालकी रचना चौधरीले ४, कप्तान पुजा र रिया शर्माले समान २ तथा मनिषा उपाध्याय र कृष्मा गुरुङले समान १ विकेट लिए ।

त्यसअघि युएईको अजमानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २ रनको योगफल तयार गर्यो ।

नेपालकी कप्तान पुजाले ४० बलमा ३ चौका र १ छक्काको सहयोगमा सर्वाधिक ३५, सोनी पाख्रिनले २५ बलमा १९ तथा सिमाना केसीले १९ बलमा नट आउट १९ रन जोडेकी थिइन् । थाइल्यान्डकी सइमाले २ तथा सुनिसाले १ विकेट लिइन् ।

कात्तिक २९ गते सम्म चल्ने प्रतियोगितामा नेपाल, घरेलु टोली, कुवेत र थाइल्यान्डको सहभागिता छ ।

नेपालले दोस्रो खेलमा बिहीवार कुवेतसॅंग खेल्नेछ । कात्तिक २४ गते घरेलु टोलीसॅंग खेल्ने नेपालको चौथो खेल कात्तिक २५ गते थाइल्यान्डसॅंग हुनेछ ।

पाँचौं खेलमा कात्तिक २७ गते कुवेतसॅंग खेल्ने नेपालको‌ अन्तिम खेलमा कात्तिक २८ गते युएईसॅंग रहेको छ ।

४ टोली सहभागी रहने छनोटको शीर्ष टोली विश्वकपका लागि छनोट हुनेछ । विश्वकप अर्को वर्ष मलेसियामा आयोजना हुँदैछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖