• Saturday 17th of October 2026

फेरि बढ्यो अण्डाको मूल्य


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले कुखुराको अण्डाको मूल्य बढाएको छ । बिहीबार बसेको संघको भर्चुअल बैठकले चितवनलाई आधारमानी शुक्रबारदेखि अण्डाको मूल्य बढाउने निर्णय गरेको हो ।

नयाँ मूल्य अनुसार अण्डाको मूल्य प्रतिकेट ४७० रुपैयाँ पर्ने संघले जनाएको छ । यस्तै ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४८५ रुपैयाँ पुगेको हो । यसअघि २२ मंसिरमा मध्यम अण्डाको मूल्य प्रतिक्रेट ४५५ रुपैयाँ र ठूलो अण्डाको मुल्य प्रतिक्रेट ४७० रुपैयाँ तोकिएको थियो ।

संघका अनुसार चितवनबाट लोड भएको अण्डा बिक्री डिपोमा पुर्‍याउँदा भाडा, कार्टुन र क्रेट सहित प्रति पेटि १४० रुपैयाँ थप लाग्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖