• Saturday 17th of October 2026

ट्रकको ठक्करबाट एक कृषकका १८ भेडा मरेपछि


  • धनकुटा खबर
  • .

डडेल्धुरा । डडेल्धुरामा ट्रकको ठक्करबाट एक कृषकका १८ भेडा मरेका छन्। जिल्लाको अमरगढी नगरपालिका–७ पोखरामा आज बिहान ट्रकको ठक्करबाट दार्चुलाको दुहु गाउँपालिकाका विरसिँह कार्कीका १८ भेडा मरेका छन् भने १२ भेडा घाइते भएका छन्।

कृषक कार्कीका अनुसार ट्रकको ठक्करबाट भेडा मर्दा अन्दाजी ४ लाख ५० हजार रुपैँया बराबरको क्षती भएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।

ट्रक चालक बैतडीको पुर्चौडी नगरपालिका २३ वर्षीय अशोक बमलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बे्रक नलागेपछि ट्रक दुर्घटनाबाट जोगाउन खोज्दा भेडालाई ठक्कर लागेको पाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖