• Saturday 17th of October 2026

नेपाली सेनामा भर्ना खुल्यो, पण्डितदेखि नर्ससम्मलाई अवसर


  • धनकुटा खबर
  • .

काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ३०१ जनाका लागि भर्ना खुलाएको छ ।

नेपाली सेनाले प्राड/प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरुका लागि भर्ना खुलाएको हो ।

भर्ना छनौट निर्देशनालयले आज जारी गरेको सूचनाअनुसार नर्स, सिभिल, मेकानिक्स, पण्डित, भेटेरीनरी, भिडियो सम्पादन लगायतका पदहरुमा भर्ना खुलेको छ ।

दरखास्त दिने म्याद आज मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म छ ।

केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖