• Saturday 17th of October 2026

८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या


  • धनकुटा खबर
  • .

बाजुराः बाजुरामा ८ वर्षीया बालिकाको घाँटी रेटेर हत्या गरिएको छ।

जिल्लाको बुढीगंगा नगरपालिका-२ नडाङ सनइवाडाका हर्क सनइको छोरी ८ वर्षीया बालिका विनिता नेपालीको घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको छ।

बालिकाको हत्या गरेको आरोपमा सोही ठाउँ बस्ने ४८ वर्षीय नन्दे सनइलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाटै नन्देको साथबाट हसिया १ थान, बन्चरो १ थान र कोदालो १ थान बरामद गरेको छ।

घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖