• Saturday 17th of October 2026

६५ वर्षको उमेरमा विवाह


  • धनकुटा खबर
  • .

सुदूरपश्चिम प्रदेशका अर्थमन्त्री बहादुरसिंह थापाले ६५ वर्षको उमेरमा विवाह गरेका छन्। नेपाली काँग्रेसका नेतासमेत रहेका थापाले शुक्रबार विवाह गरेका हुन्।

झन्डै ६५ वर्षको उमेरमा मन्त्री थापाले कञ्चनपुर सिसैयाकी भावना बिष्टसँग विवाह गरेका हुन्।

यसअघि उनी अविवाहित नै बसेका थिए। उनी प्रदेश सभा सदस्यको निर्वाचन कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ ९२० बाट निर्वाचित भएका थिए।

उनी भीमदत्त नगरपालिका–६ का स्थायी बासिन्दा हुन् भने उनको पुर्ख्यौली घर बैतडीको दशरथचन्द नगरपालिका हो।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖