• Saturday 17th of October 2026

बढ्यो अण्डाको भाउ


  • धनकुटा खबर
  • .

बजारमा अण्डाको मूल्य बढेको छ। माग अुनसार उत्पादन नहुँदा मूल्य बढ्न थालेको हो।

गत शुक्रबारदेखि लागू हुने गरी अण्डाको मूल्य प्रतिक्रेट १५ रूपैयाँ बढाइएको नेपाल लेयर्स कुखुरापालक संघका अध्यक्ष विनोख पोखरेलले जानकारी दिए।

बजारमा मध्यम, ठूलो र एक्सल गरी तीन आकारका अण्डा आउँछन्।
अहिले मध्यम अण्डाको मूल्य प्रतिक्रेट चार सय ७०, ठूलो चार सय ८५ र एक्सल अण्डा पाँच सय रूपैयाँ छ।

यसअघि मध्यम अण्डा प्रतिक्रेट चार सय ५५, ठूलो चार सय ७० र एक्सल चार सय ८५ रूपैयाँ थियो।
यो किसानले पाउने मूल्य हो।

उपभोक्ता मूल्य भने प्रतिगोटा २० रूपैयाँ छ। आगामी दिनमा अण्डाको मूल्य बढ्दा उपभोक्ता मूल्य पनि बढ्ने पोखरेल बताउँछन्।
‘अहिले किसानले पाउने मूल्य मात्रै बढेको छ। उपभोक्ता मूल्य स्थिर नै छ,’ उनले भने, ‘अब बढ्दा उपभोक्ता मूल्य पनि बढ्छ।’

पोखरेलका अनुसार लागत मूल्य नउठ्दा एकातिर अण्डा उत्पादक किसान घटेका छन् भने, चिसोका कारण अहिले अण्डा उत्पादन हुन पनि सकेको छैन।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖