• Saturday 17th of October 2026

काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंका पूर्वमेयर पीएल सिंहको निधन भएको छ ।

पूर्वमन्त्रीसमेत रहेका सिंहको ठमेलको चाक्सीबारीस्थित निवासमा आज बिहान निधन भएको हो ।

२०४९ सालको स्थानीय तह निर्वाचन जितेर सिंह तत्कालीन काठमाडौं नगरपालिकाको मेयर बनेका थिए ।

८५ वर्षीय सिंह लामो समयदेखि अस्वस्थ थिए । गत वर्ष उनको पेटको शल्यक्रिया गरिएको थियो । उनले लौहपुरुष गणेशमान सिंहका प्रमुख सहयोगी भएर पनि काम गरेका थिए ।

तर कांग्रेसको राजनीतिबाट वितृष्णा जागेपछि उनी निष्कृय भएर बसेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖