• Saturday 17th of October 2026

स्कारपियो दुर्घटनामा एकै परिवारका चार जना घाइते


  • धनकुटा खबर
  • .

मकवानपुर । मकवानपुरको मनहरिमा स्करपियो दुर्घटना हुँदा ४ जना घाइते भएका छन् ।

मकवानपुरको मनहरि गाउँपालिका वडा नम्बर–९ खरङ्गा स्थित पूर्व पश्चिम सडक खण्डमा आफै अनियन्त्रित भई स्करपियो पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको हो ।

निजगढ बाराबाट चितवन तर्फ जाँदै गरेको प्रदेश ३–०१–२२ च ६८६२ नम्बरको स्करपियो आफै अनियन्त्रित भई सडक बायाँ साइडमा रहेको विद्युत्को पोललाई ठक्कर दिई सडकबाट ५० मिटर तल खस्न गई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले जानकारी दिए । उनका अनुसार दुर्घटनामा ४ जना घाइते भएका छन् ।

दुर्घटनामा स्करपियोका चालक बारा निजगढ नगरपालिका–७ बस्ने ४५ वर्षीय धन बहादुर स्याङ्तान, उनकी श्रीमती ३८ वर्षीय हरिमाया लामा, उनको छोरा १३ वर्षीय यरोश तामाङ र सोही स्थानका ३३ वर्षीय सबु लामा घाइते भएको अर्यालले बताए । उनीहरूको मनहरि अस्पतालमा सामान्य उपचार पछि थप उपचारका लागि भरतपुर अस्पतालमा रिफर गरिएको छ । घाइते सबैको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖