• Saturday 17th of October 2026

सिंहको निधनमा काठमाडौँ महानगरपालिकामा शोक बिदा


  • धनकुटा खबर
  • .

काठमाडौँ । काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधन भएकोमा काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिने निर्णय गरिएको छ ।

पूर्वमन्त्री समेत रहेका सिंहको आज बिहान निजी निवासमा निधन भएको हो ।

प्रमुखका रूपमा काठमाडौँ महानगरपालिकामा रहँदा र समाज सेवामा सक्रिय हुँदा सिंहले पुर्‍याएको योगदानको उच्च सम्मान गर्दै सोमबार अत्यावश्यक सेवाबाहेक काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा रहने जानकारी दिइएको छ । काठमाडौँ महानगरपालिका परिवारले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पणसमेत गरेको छ ।

सिंहले तत्कालीन काठमाडौँ नगरपालिकालाई संवत् २०५२ मङ्सिर २९ गते महानगरपालिका घोषणा गरेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖