• Saturday 17th of October 2026

होटलमा दुई युवतीसँग रात बिताएका एक पुरुषको होटलकै कोठामा निधन


  • धनकुटा खबर
  • .

झापा । झापाको दमक बसपार्कस्थित मिलन होटेल एन्ड लजमा बिहीबार बिहान एक पुरुष मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय दमकका अनुसार, अन्दाजी ४५ वर्षीय ती व्यक्ति सिन्धुलीका सुनुवार थरका हुन् ।

उनी दुई युवतीसँग रात बिताउन होटलको कोठामा बसेका थिए । बिहान मृत अवस्थामा फेला परेका उनको मृत्युको कारण खुल्न सकेको छैन । घटना बारे इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक रामभक्त भट्टराईले अनुसन्धान सुरु गरिएको बताएका छन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा होटलमा यौनधन्दा हुने गरेको सूचना प्राप्त भएको र मृतकको मृत्यु यौन कार्यकै क्रममा भएको आशंका गरिएको छ । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

शव परीक्षणका लागि पठाइएको छ भने घटनाको सम्बन्धमा युवतीहरूलाई पनि सोधपुछ भइरहेको जनाइएको छ । यस्ता घटनाले होटल व्यवसायमा नियमन र सुरक्षाको आवश्यकता अझ बढी देखाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖