• Saturday 17th of October 2026

अण्डाको मूल्य बढ्यो


  • धनकुटा खबर
  • .

काठमाडौं । अण्डाको मूल्य प्रतिकेट १५ रुपैयाँले बढेको नेपाल लेयर्स कुखुरापालक संघले जनाएको छ ।

संघले पुस ५ गतेदेखि लागु हुने गरी अण्डाको मूल्य बढाएको हो ।

बढेको मूल्य अनुसार मिडियम अथवा मझौला आकारको अण्डाको मूल्य प्रति क्रेट १५ रुपैयाँ बढेर ४८५ पुगेको छ । यस्तै ठुलो अण्डा पनि प्रतिक्रेट ५०० रुपैयाँ पुगेको छ । यसअघि ठूलो अण्डाको प्रतिक्रेट मूल्य ४८५ रुपैयाँ थियो ।

संघका अनुसार चितवनबाट लोड भएर देशभरको अण्डा बिक्री डिपोमा पुग्ने कार्टुन र क्रेटसहित प्रतिपेटि १४० रुपैयाँ थप लाग्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖