काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई प्रहरीले रिहा गर्ने भएको छ ।
उनलाई पक्राउ नगरिने नेपाल प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । उनले भने,‘पोखराबाटै रिहा गर्छौं ।’
कास्की जिल्ला अदालतका न्यायाधीश नीनिज राईले लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेशका गरेका थिए । धरौटी बापतको बैक ग्यारेन्टी बुझाएपछि उनलाई पक्राउ गरेर काठमाडौँ ल्याउने आकलन गरिएपनि प्रहरीले उनलाई पक्राउ नगर्ने भएको छ ।
रविविरुद्ध काठमाडौँमा स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन गरेको आरोपमा मुद्दा दर्ता भएको छ ।
