• Tuesday 3rd of November 2026

रवि रिहा हुनासाथ संसदीय छानबिन समितिका सभापति सूर्यले गरे यस्तो ‘खुलासा’


  • धनकुटा खबर
  • .

सूर्यदर्शन सहकारी ठगी प्रकरणका बिहीबार कास्की जिल्ला अदालतले दिएको आदेशबमोजिम ६५ लाख रुपैयाँ धरौटी बुझाएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने रिहा भइरहँदा संसदीय छानबिन विशेष समितिका सभापति सूर्य थापा भने सहकारीको रकमबाटै ‘गोरखा मिडिया नेटवर्कमा ७५ लाख रविको सेयरबापत भुक्तानी गरेको खुलासा’ गरिरहेका छन्।

जिल्ला अदालत कास्कीका न्यायाधीश नितिज राईको इजलासले रविसहित सूर्यदर्शन सहकारी ठगीमा पक्राउ परेका सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो।

उक्त आदेशमा रवि लामिछानेबारे लेखिएको पृष्ठको तस्बिर सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै संसदीय छानबिन विशेष समितिका सभापति थापाले माथि उल्लिखित ‘खुलासा’ गरेका हुन्।

उनले लेखेका छन्, ‘सहकारीको रकमबाटै सुरुमा गोरखा मिडिया नेटवर्कमा ७५ लाख रवि लामिछानेको सेयरबापत भुक्तानी गरेको खुलासा।’-नेपाल खबर

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖