• Tuesday 3rd of November 2026

रवि छुटेलगत्तै ओली भेट्न बालुवाटार पुगे राजेन्द्र लिङ्देन, के भयो कुराकानी ?


  • धनकुटा खबर
  • .

काठमाडौं । राष्ट्रिय प्रजातन्त्त पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र प्रधानमन्त्री केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बिहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच भेटवार्ता भएको हो ।

राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीका अवसरमा पौष २७ गते राप्रपाद्वारा भृकुटी मण्डपमा आयोजना हुने चियापान कार्यक्रममा निमन्त्रणा दिन लिङ्देन बालुवाटार पुगेका थिए ।

भेटका क्रममा ओलीसँग समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖