• Tuesday 3rd of November 2026

संसद् छलेर तीन अध्यादेश ल्याउँदै सरकार, प्रधानमन्त्रीलाई के भने राष्ट्रपतिले?


  • धनकुटा खबर
  • .

काठमाडौं— सरकारले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी तीनवटा अध्यादेश ल्याउने भएको छ। गएराति अबेर बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीनवटा अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

विपक्षी दलहरूले संघीय संसद्को अधिवेशन बोलाउन माग गरिरहेका बेला सरकारले भने अध्यादेश सिफारिस गरेको हो । अध्यादेश ल्याउनुअघि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओली कानूनमन्त्री अजय चौरासियालाई लिएर राष्ट्रपति निवास पुगेका थिए।

राष्ट्रपतिले अध्यादेश स्वीकृत गर्ने आश्वासन दिएपछि राति अबेर मन्त्रिपरिषद् बैठक बसेर सिफारिस गरिएको हो।

गत भदौ ३१ गते संघीय संसदको बर्खे अधिवेशन अन्त्य भएको थियो। त्यसयता चार महिना बितिसक्दा पनि संसद्को हिउँदे अधिवेशन आह्वान नगरी अध्यादेशबाट कानून बनाउन थालेपछि सरकारको आलोचना हुन थालेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖