• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते


  • धनकुटा खबर
  • .

दाङमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका छन्।

मंगलबार दिउँसो घोराही उपमहानगरपालिका-१० गुर्जेखोलास्थित सडकमा अम्बिकेश्वरी यातायात प्रा.लि.को बसले मोटरसाइकललाई ठक्कर दिएको हो।

घोराहीबाट तुलसीपुर तर्फ जाँदै गरेको रा १ ख ११५६ नं.को बसले रा ७ प १२५२ नं.को मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक रूकुम पूर्वका ४० वर्षीय जहरेलाल सुनार र पछाडि सवार ४५ वर्षीया नरमकुमारी सुनार छन्। नरमकुमारी जहरेलालकी भाउजु हुन्।

जहरेलालको अवस्था गम्भीर छ। नरमकुमारीको अवस्था मध्यम छ। उनीहरूको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङमा उपचार भइरहेको छ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖