• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

देवघाटको पुलबाट हामफालेर एकजना बेपत्ता


  • धनकुटा खबर
  • .

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१ स्थित देवघाटको पुलबाट हामफालेर १ जना बेपत्ता भएका छन् ।

मंगलबार मध्यान्ह देवघाट र तनहुँ जोड्ने झोलुंगे पुलबाट हामफालेर मदन परियार बेपत्ता भएको चितवनको एसपी गौतम मिश्रले बताए ।

४१ वर्षीय परियार लमजुङको बेशिसहर नगरपालिका–३ का स्थानीय हुन् ।

पुलमा उनको कपडा र मोबाइल भेटिएको छ । घटनास्थल अस्थायी प्रहरी पोष्ट देवघाटबाट २ किलोमिटर पश्चिमतर्फ पर्छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖