• Monday 2nd of November 2026

प्रचण्डको निष्कर्षः ओली मध्यावधिमा जाने लाइनमा छन्, सरकार त्यतैतिर अग्रसर छ


  • धनकुटा खबर
  • .

काठमाडौं, २ माघ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार मध्यावधितिर अग्रसर रहेको बताएका छन् ।

आज विहान प्रतिपक्षी दलको बैठकमा प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओली मध्यावधिको लाइनमा उभिएको बताएका हुन् । मध्यावधिमा जाने तयारी स्वरुप सरकारले अहिले धमाधम अध्यादेश ल्याइरहेको उनले बताए ।

संविधान संशोधनको विषयमा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्तिले कांग्रेसभित्र असन्तुष्टि चुलिएको प्रचण्डको दाबी छ । सत्तारुढ दल कांग्रेससँग मतभेद बढ्दै जाँदा प्रधानमन्त्री ओली अध्यादेशको बाटो हुँदै मध्यावधितर्फ अग्रसर भएको प्रचण्डले बताए ।

यस्तो अवस्थामा अब प्रतिपक्षी दलहरुले हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने प्रचण्डको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖