• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

फेरि अर्की सुत्केरीले गुमाइन् ज्यान


  • धनकुटा खबर
  • .

दार्चुला । अपीहिमाल गाउँपालिका–१ स्थित सिति स्वास्थ्य केन्द्रमा सुत्केरी व्यथा लागेकी एक महिलाको मृत्यु भएको छ ।

सोही वडास्थित आरुखोर टोलकी २५ वर्षीया द्रोपति जागरीको मंगलबार राति मृत्यु भएको हो ।

घरबाट दुई किलोमिटर दुरीमा रहेको सिति स्वास्थ्यचौकी पुग्नासाथ आमा र पेटको शिशुको समेत मृत्यु भएको स्थानीय शिक्षक विरेन्द्रसिंह धामीले जानकारी दिए ।द्रौपतीको यसअघि तीन वर्षीया एक छोरी छिन् ।

स्वास्थ्यचौकी पुर्‍याउँदा उनलाई व्यथाले धेरै नै च्यापेको र पुग्नासाथ बेहोस भएको उनले बताए । स्वास्थ्यचौकीमा प्रसूतिका निम्ति पर्याप्त उपकरण समेत नरहेको र धनगढी अस्पताल लैजान चार घण्टा हिँड्नुपर्ने अवस्था रहेको धामीको भनाइ छ ।

अपिहिमाल गाउँपालिका दार्चुलाको एक मात्र सडक सञ्जाल र विद्युत् सेवा नपुगेको पालिका हो ।

गएको सोमबार मात्रै बझाङको केदास्युँ गाउँपालिका–१, डुडिलकी ३१ वर्षीया खिना (सविता) बोहराको प्रसूतिका निम्ति स्वास्थ्य चौकी जाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖