• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

बस र जिप एक आपसमा ठोक्किदा दुर्घटना


  • धनकुटा खबर
  • .

धनगढी,माघ ३। दार्चुलामा बस र जिप एकआपसमा ठोक्किएर दुर्घटना भएको छ।

दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ थकतोलीमा आज बिहिवार बिहान बस र जिप आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय, दार्चुलाले ना ८ ख ६१३१ नम्बरको बस र सदरमुकामबाट गोकुलेश्वर जाँदै गरेको से १ ज १११० नम्बरको जिप एक आपसमा ठोक्किएका बताएको छ।

दुर्घटनाबाट मानवीय क्षति भएको छैन। बस र जिपमा सामान्य क्षति भएको प्रहरीले बताएको छ।सो सम्बन्धमा थप अनुसन्धान भैरहेको छ ।

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖