• Friday 16th of October 2026
  • ट्रेण्डिङ :

टिपर दुर्घटनामा एक जनाको मृत्यु, चार जना घाइते


  • धनकुटा खबर
  • .

स्याङ्जामा टिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

शुक्रबार राति ११ बजे स्याङ्जाको आँधीखोला गाउँपालिका-५ स्थित कृषि-ओहिया भित्री सडकमा ग १ क ५१३९ नम्बरको ट्रक सडकबाट अन्दाजी ५० मिटर तल खसेर दुर्घटना हुँदा टिपरमा सवार एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेमा पर्वतको कुश्मा नगरपालिका-१४ का ३७ वर्षीय चन्द्रबहादुर नेपाली छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा गण्डकी अस्पताल पोखरामा गएराति १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।

दुर्घटनामा चार जना घाइते भएका छन्।

घाइतेहरूमा सल्यानको सारदा नगरपालिका-७ का १५ वर्षीय हरि परियार, स्याङ्जाको आँधीखोला गाउँपालिका-२ ओहियाका ३३ वर्षीय कमल नेपाली, चितवनको राप्ति नगरपालिका-६ भण्डाराका ४१ वर्षीय प्रकाश विक र चितवनकै राप्ति नगरपालिका-६ भण्डाराकै सुमित्रा विक घाइते भएका छन्।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖