• Monday 2nd of November 2026

सुप्रिम ठगी प्रकरण: रवि लामिछानेसहित ४२ जनामाथि मुद्दा दायर


  • धनकुटा खबर
  • .

बुटवलस्थित सुप्रिम सहकारीको ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित ४२ जनाविरुद्ध मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले ठगी र संगठित अपराधको कसुरमा मुद्दा दायर गरेको हो।

रवि लामिछानेविरुद्ध व्यक्तिगत २ करोड र सामूहिक २ करोड गरी ४ करोड रुपैयाँभन्दा बढी बिगो मागदाबी गरिएको छ। १८ चैत २०७७ मा स्वीकृत ऋणबाट कटौतीपछि १ करोड ९६ लाख रुपैयाँ ग्लोबल आईएमई बैंकमार्फत गोर्खा मिडिया नेटवर्कको खातामा जम्मा भएको प्रमाण भेटिएको छ।

यसअघि, ३ वैशाखमा १,८३१ बचतकर्ताको ८६ करोड १८ लाख रुपैयाँ हिनामिनाको आरोपमा २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो। हाल थप १४ जनालाई प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖