• Monday 2nd of November 2026

एमालेमा ५९ जनाको सामूहिक राजीनामा, रावललाई सघाउने


  • धनकुटा खबर
  • .

नेकपा एमालेका विभिन्न भूमिकामा रहेका ५९ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन्।

उनीहरूले कारबाहीमा परेका पूर्वउपाध्यक्ष भीम रावलले नेतृत्व गरेको मातृभूमि जागरण अभियानलाई समर्थन गरेका छन्।

उनीहरूले एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्देशनमा रावलको निष्कासनलाई स्वेच्छाचारी र निरङ्कुश भन्दै आलोचना गरेका छन्। यसैबीच, रावलको पक्षमा उभिएकाहरूले अभियानमा सहभागी हुन आह्वान पनि गरेका छन्।

एमालेले नेता रावललाई पुष १० गते पार्टी सदस्यसमेत नरहनेगरी कारबाही गरेको थियो। त्यसपछि उनी आफ्नो नेतृत्वमा नयाँ दल खोलेर देश दौडाहमा छन्।

भीम रावलसँग जोडिएको आरोपमा एमालेले अन्य केही नेताहरूलाई पनि कारबाही गरेको छ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖