• Monday 2nd of November 2026

स्वर्णलक्ष्मी सहकारी ठगीमा पूर्व डीआईजी जोशीलाई ५० लाख धरौटीमा छाड्ने आदेश


  • धनकुटा खबर
  • .

काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल जोशीलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । सोमबार जिल्ला न्यायाधीश ठाकुर खरेलको इजलासले जोशीसँग धरौटी मागेको हो ।

जोशीमाथि ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।

जोशीको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, शतिशकृष्ण खरेल, अधिवक्ताहरू अपूर्वक खतिवडा, रोचक रेग्मीले बहस गरेका थिए । जाहेरवालाहरूको तर्फबाट ५ जना सरकारी वकिल, वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठीले बहस गरेका थिए ।

सो सहकारी ठगी प्रकरणमा यसअघि रास्वपाका सभापति रवि लामिछाने ६० लाख धरौटीमा रिहा भएका थिए । यसअघि जोशी पोखराको सूर्यदर्शन सहकारी ठगीमा ८८ लाख धरौटी तिरेर निस्किएका थिए । अब रवि र सविविरुद्ध बुटवलको सुप्रिम सहकारीसहित चितवनको सहारा चितवन र पर्साको हाम्रो सानोपाईला सहकारीको मुद्दा बाँकी छ । बुटवलमा मुद्दा दायर भइसकेको छ भने दुई ठाउँमा अन्तिम चरणमा पुगेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖