• Monday 2nd of November 2026

केपी ओलीले बजेट दुरुपयोग गर्नुभएको छ, छानविन हुनुपर्छः भीम रावल


  • धनकुटा खबर
  • .

काठमाडौं, १० माघ । नागरिक जागरण अभियानका संयोजक डा.भीम रावलले प्रधानमन्त्रीसमेत रहेका नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले झापामा भ्यूटावर बनाएर बजेट दुरुपयोग गरेको आरोप लगाएका छन् ।

ओरिपरी सुकुम्बासी बस्ती रहेको र बीचमा लगेर ओलीले बेकामे भ्यू–टावर बनेको बताए ।

साथै, प्रधानमन्त्री ओलीले अध्यादेशबाट कानुन संशोधन गरेर निरङ्कुशताको भद्दारुप प्रदर्शन गरेको आरोप लगाए । अध्यादेशबाट कानुन संशोधन गरेर २० प्रतिशतभन्दा बढी नाफा लिन नमिल्ने कानुनमा जति नाफा लिएपनि हुनेगरी संशोधन गरेरको बताए ।

प्रधानमन्त्री ओलीले मार्क्सवाद चपाएर खाइसकेको दाबी गरे । ‘मार्क्सवाद, लेलिनवाद त उहाँले चपाएर थुकिसक्नुभयो,’– उनले भने ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖