काठमाडौंमा रवि लामिछाने समर्थकबाट कुटिएका भनिएका वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रुपन्देही पुगेर आफ्नो बहसका क्रममा रवि लामिछानेलाई थुनामा पठाउनै पर्ने माग गरेका छन् ।
रविप्रति आक्रोश पोख्दै त्रिपाठीले भने, ‘प्रबन्ध सञ्चालक भनेको संस्थाको माइन्ड हो । सहकारीको पैसा उहाँकोमा आएको छ । तर उहाँले थाहा छैन भन्नु हुन्छ । यस्तो पनि हुन्छ ?’
त्रिपाठीले आफूमाथि भएको हातपातको प्रसंग पनि निकालेका थिए । आफूमाथि हातपात भएको घटनामा काठमाडौं जिल्ला अदालत नबोलेको भन्दै गुनासो पनि पोखेका छन् ।
उनले रविलाई भने, ‘जिबी राईलाई गृहमन्त्री हुँदा किन ल्याउन सक्नु भएन ? जिबी आए भने आफ्नो अनुहार सार्वजनिक हुन्छ भनेर ?’
