• Friday 30th of October 2026

सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नआउने


  • धनकुटा खबर
  • .

काठमाडौं, २३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सगरमाथा संवादमा नआउने बताएका छन् । आज (शनिबार) थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) कोे छैटौँं शिखर सम्मेलनमा भाग लिई आज स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्र्दै उनले उक्त समयमा यसअघि नै मोदीको युरोप भ्रमण तय भइसकेकाले उनी आउन नसक्ने बताएका हुन् ।

प्रधानमन्त्री ओलीले सगरमाथा संवादमा भारतीय पक्षबाट माथिल्लो स्तरबाटै प्रतिनिधित्व हुने विश्वास व्यक्त गरे । ‘यस पटक सगरमाथा संवादमा मोदीजी आउनुहुन्न । उहाँको युरोप भ्रमण फिक्स भइसकेको छ । तर, भारतको राम्रो स्तरबाट प्रतिनिधित्व हुन्छ,’– प्रधानमन्त्री अ‍ोलीले भने ।

प्रधानमन्त्री ओलीले बैंककमा भारतीय प्रधानमन्त्री मोदी श्रीलङ्काका प्रधानमन्त्री, भुटानका प्रधानमन्त्रीलगायत सँग भेटवार्ता भएको जानकारी गराए । उनले भेटवार्ता अत्यन्त सुमधुर रहेको पनि बताए । सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म विश्वका कैयौँ देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखसहित विषय विज्ञ र अनुसन्धानदातालाई बोलाएर काठमाडौंमा सगरमाथा संवाद आयोजना गरेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖