• Friday 30th of October 2026

‘अन्तिम इच्छा’पछि रविको अर्को भिडिओ: ‘मार्नुहुन्छ भने मार्नुस्, कि त्यस्तो आदेश छ?’


  • धनकुटा खबर
  • .

काठमाडौ । सुप्रिम सहकारी ठगी मुद्दामा उच्च अदालतको आदेशपछि शुक्रबार राति काठमाडौँस्थित निवासबाटै पक्राउ गरिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार (चैत २३) देखि रुपन्देही जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।

हिजो शनिबार र आज (आइतबार) पनि राम नवमीको सार्वजनिक बिदा परेकाले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई भोलि सोमबार मात्रै अदालत पेस गर्ने तयारी छ।

यसबीच उनलाई पक्राउ गर्न प्रहरी शुक्रबार राति उनको निवासमा पुग्दाका केही भिडिओ फुटेज सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्।

रवि गिरफ्तार गर्न पुगेका एक डीएसपीले ‘अन्तिम इच्छा’ सोधेको भिडिओपछि अहिले अर्काे भिडिओ भाइरल भइरहेको छ।

जसमा रास्वपा सभापति लामिछानेले प्रहरीलाई ‘आफू प्रधानमन्त्री हुन छाडेर आएको मान्छे, फुलीको चिन्ता नगर्नुस्, देशको चिन्ता गर्नुस्’ भनिरहेका छन्।

भिडिओमा उनले प्रहरीसँग आफूलाई ५/१० मिनेट समय दिन आग्रह गरिरहेको देखिन्छ।

सम्भवतः अदालतको आदेशलगत्तै प्रहरी पक्राउ गर्न घरमै आइपुगेपछि उनले सामाजिक सञ्जालमा केही लेख्न/भन्न समय मागेका हुन्।

भिडिओमा रवि भन्छन्, ‘अन्यायको हद नगर्नुस्, मार्नुहुन्छ भने मार्नुस्, कि त्यस्तो आदेश छ?’

प्रहरी अधिकारी भन्छन्, ‘होइन।’

फेरि रवि भन्छन्, ‘रेस्पेक्टफुल्ली पनि तपाईंले सबैले गर्न पाउनुहुन्छ।…तपाईं दुइटा फुली बढाउनुहोला, म प्रधानमन्त्री हुन छोडेर हिँडेको मान्छे हुँ, फुलीको चिन्ता नगर्नुस्, देशको चिन्ता गर्नुस्। पाँच मिनेट, सात मिनेटदेखि १० मिनेटसम्म कुरिदिनुस् हुन्छ?’

यसपछि उनी कोठातर्फ लागेको देखिन्छ।

भिडिओ-

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖