• Wednesday 28th of October 2026

मुकुल ढकाल नै महामन्त्री भएको पत्र सार्वजनिक भएपछि…


  • धनकुटा खबर
  • .

काठमाडौँ । निर्वाचन आयोगले पार्टी पदाधिकारीमा भएको फेरबदल अद्यावधिक नगरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आयोगको भूमिकामाथि प्रश्न उठाएको छ ।

निर्वाचन आयोगले अभिलेखमा महामन्त्री डा.मुकुल ढकाल नै रहेको बताएपछि त्यसमा रास्वपाले आपत्ति जनाएको हो ।

आयोगले असार ४ गते ढकालले रास्वपाको अध्यावधिक विवरण मागे बमोजिम पत्र दिएको भन्दै उनी नै महामन्त्री रहेको उल्लेख गरेको थियो। यसबारे खण्डन गर्दै रास्वपाले आयोगसँग जवाफ माग गरेको छ।

०८१ असार २५ गते पार्टीले गरेको निर्णय अनुसार साउन १७ गते निर्वाचन आयोगमा निवेदन पेस भएको रास्वपाले जनाएको छ ।

‘पार्टी केन्द्रीय समितिको २०८१ असार २५ को निर्णय अनुसार पार्टी पदाधिकारीमा भएको फेरबदलको अभिलेख अद्यावधिक गर्नका लागि निर्वाचन आयोगमा पार्टीको तर्फबाट २०८१ श्रावण १७ गते निर्वाचन आयोगसँगकै परामर्शमा निवेदन पेस भएको छ,’रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाद्वारा जारी प्रेस विज्ञप्तिमा भनिएको छ,पार्टीको तर्फबाट आधिकारिक निवेदन गरिसकेपछि सो सम्बन्धी विवरण अद्यावधिक गर्ने जिम्मेवारी निर्वाचन आयोगको भएकोले हालसम्म किन अद्यावधिक गरिएन यसको जवाफ निर्वाचन आयोगले नै दिनुपर्ने देखिन्छ ।’

पार्टी केन्द्रीय समितिको २०८१ असार २५ को निर्णय अनुसार पार्टी पदाधिकारीमा भएको फेरबदलको अभिलेख अद्यावधिक गर्नका लागि निर्वाचन आयोगमा पार्टीको तर्फबाट २०८१ श्रावण १७ गते निर्वाचन आयोगसँगकै परामर्शमा निवेदन पेस भएको जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

अद्यावधिकको निवेदन दर्ता भइसकेपछि सो निवेदनमा उल्लेख भएको व्यहोरा नै आधिकारिक हुने मान्यता र अभ्यास रहेको रास्वपाको भनाइ छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖