• Wednesday 28th of October 2026

जनमत पार्टीकी प्रदेश सांसद रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी


  • धनकुटा खबर
  • .

काठमाडौं, ८ असार । लुम्बिनी प्रदेशसभा सदस्य सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जनमत पार्टीबाट समानुपातिक सांसद बनेकी शर्माविरुद्ध जिल्ला अदालत पर्साबाट जेठ १६ गते पक्राउ पुर्जी जारी भएको थियो । बैंकिङ कसुर मुद्दामा उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

आशा कुमारी चौहानले सांसद रायमाझीविरुद्ध बैंकिङ कसुर मुद्दामा जाहेरी दिएकी थिईन् । सांसद रायमाझी हाल फरार छिन् ।

जिल्ला प्रहरी कार्यालय पर्साले जिल्ला प्रहरी कार्यालय बर्दियालाई पत्र लेख्दै रायमाझीलाई पक्राउ गरी दाखिला गरिदिन भनेको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖