• Wednesday 28th of October 2026

अन्ततः ‘नवराज भेंडा’ ले भेटे प्रधानमन्त्री ओली


  • धनकुटा खबर
  • .

काठमाडौँ । सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा गरेका अभियानकर्मी नवराज बोहराले ‘नवराज भेंडा’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा उनले प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलगायत मुद्दा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा असार ३ गते काठमाडौँ आइपुगेका हुन् ।

सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण आज आइतबार भेट पाएका हुन् । बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराए ।

प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीर धेरै दुःख नदिई आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरू सुनाउन पाएकामा हर्ष व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरूपमा अघि बढ्ने बताए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖