• Wednesday 28th of October 2026

सरकारलाई दिएको समर्थन फिर्ता लिने मुडमा उपेन्द्र


  • धनकुटा खबर
  • .

काठमाडौ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत दिएको छ ।

हिजो र अस्ति बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले सरकारलाई दिएको समर्थनमा पुर्नविचार गर्न संसदीय दललाई निर्देशन दिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षित काम गर्न नसकेको जसपा नेपालको निष्कर्ष छ । बैठकमा वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण गर्नुको सट्टा भ्रष्टाचारीलाई नै संरक्षण दिदै आएको र सुशासन प्रत्याभुति दिलाउन नसकेको विषयमा गम्भीर छलफल भएको बुझिएको छ ।

अब संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थनबारे पुर्नविचार गरेर आधिकारिक निर्णय गर्नेछ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖