• Wednesday 28th of October 2026

ठुल्ठुला कुरा गरेको भन्दै जंगिए प्रकाशमान, अनि आसनबाट उठे कान्छाराम


  • धनकुटा खबर
  • .

काठमाडौँ । सहरी विकासमन्त्री प्रकाशमान सिंहले रामेछापबाट निर्वाचित सांसद कान्छाराम तामाङप्रति आक्रोश पोखेका छन् ।

विनियोजन विधेयकमाथिको मन्त्रालयगत छलफलका क्रममा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिनेक्रममा प्रतिनिधिसभा बैठकमा उनले कान्छारामप्रति आक्रोश पोखका हुन् ।

उनले कुरै नबुझी कान्छारामले ठुल्ठुला कुरा गरेको आरोप लगाए । ‘रामेछाप जिल्लाकै कुरा गरौँ । माननीयज्यू (कान्छाराम)ले ठुल्लुलो स्वरमा चाहिँ कुरा गर्नुभएको छ’, उनले भने, ‘नेपालको कुल जनसंख्याको रामेछापमा ०.८ प्रतिशत जनसंख्या रहेको छ ।

सहरी विकास मन्त्रालयले आर्थिक वर्ष २०८२÷०८३ मा मन्त्रालयको कुल बजेटको ०.७ प्रतिशत, ६६ वटा कार्यक्रममा रामेछापका लागि ८४ करोड ४७ लाख बजेट विनियोजन गरेको छ ।’ उनले आफ्नो आलोचना गर्नुको औचित्य नरहेको सदनमा बताए ।

उनले यसो भनेपछि कान्छाराम आसनबाट जुरुक्क उठ्दै मन्त्री बोल्दाबोल्दै हात उठाएका थिए । त्यसपछि उनको नजिक रहेका सांसदहरुले उनलाई बस्न आग्रह गर्दै रोकेका थिए ।

कान्छारामले प्रतिनिधिसभामा रामेछापलाई बजेट नदिइएको भन्दै ०८४ मा प्रकाशमानलाई संसदमै देख्न नपरोस् भनेर भगवानलाई पुकारेका थिए ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖