• Tuesday 27th of October 2026

माधव नेपाल अदालतमा उपस्थित् भए, न्यायाधीशत्रय राई, थापा र कोइरालाको इजलासमा बयान सुरू


  • धनकुटा खबर
  • .

काठमाडौं, ११ असार । भ्रष्टाचार मुद्दा लागेपछि माधव नेपाल विशेष अदालतमा बयानको लागि उपस्थित् भएका छन् ।

आफ्ना कानून व्यवसायीहरुको साथमा माधव नेपाल आज विशेष अदालतमा उपस्थित भएका हुन् । काभ्रेको पतञ्जली जग्गा प्रकरणमा नेपालमाथि अख्तिया र दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।

नेपालनिकट एक नेताकाअनुसार अहिले उनको बयान सुरु भैसकेको छ । विशेष अदालतको इजलास नम्बर २ मा न्यायाधीशहरु तेजनारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाले उनको बयान लिन सुरु गरेका छन ।

नेपालको बयान सकिएपछि थुनछेक बहस सुरु हुने भनिएको छ ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖