• Monday 5th of October 2026

गायिकाद्वय समिक्षा र एलिनाबारे यस्तो भने कलाकार दिपकराज गिरीले…


  • धनकुटा खबर
  • .

काठमाडौं, १३ असार । कलाकार दिपकराज गिरी गायिकद्दय एलिना चौहान र समिक्षा अधिकारीको पक्षमा खुलेका छन् ।
 
आफ्नो बारेमा सामाजिक सञ्जालमा जथाभावी लेख्नेहरूको तस्विर र नाम सार्बजनिक गरिरहेका गायिकद्दय चौहान र अधिकारीको पक्षमा दिपकराज खुलेका हुन् । 
 
उनीहरूको यो अभियानले राम्रो सन्देश दिएको भन्दै सामाजिक सञ्जालमा गाली गलौंज गर्ने, अश्लिल कमेन्ट गर्नेबिरूद्द एकजुट भएर सामाना गर्नु पर्ने पनि गिरीले खुलाएका छन् ।
 
उनले सामाजिक सञ्जालमा लेखेका छन्,
 
यी दुइटै गायीका मलाइ मन पर्ने गायीका हुन् !
 
त्यो मध्य पनि समिक्षाको त म गायकी को मात्रै होइन सूरूदेखि उनको साहसको पनि प्रसंसक हूँ ! 
 
सानो उमेरमा नै उनि माथि जुन बज्रपात पर्यो त्यो ठॉउमा जो कोही भएपनि टिक्न सक्दैनथ्यो होला तर 
 
उनिले परिस्थितिसँग घूडाँ टेकिनन र लड्दै आइन 
 
त्यस्कै फलस्वरूप आज यहाँ पुगिन् !
 
सामाजिक संजाल कस्तो छ ? 
 
आफूले समाजको लागि ,परिवारको लागि राष्ट्रको लागि दुइ कौडिको काम नगर्ने , तर जो काम गर्नेहरू छन् तिनिहरू लाइ नैतिकता सिकाउने, गालि गलौच गर्ने , तं यस्तो, त उस्तो भनेर अभद्रता देखाउने , चरित्र माथि औला उठाउने ! यस्तै चलिआएको छ ‘।
 

पैसा कमाएकाहरू सबै भ्रष्टाचारी, नाम कमाएका कलाकार ,पेशाकर्मी सबै नैतिकताहिन, चरित्र खराब,
 
देशमा सबै अज्ञानि आफू मात्रै साधु सन्त ज्ञानि ‘।
 
आफूले समाज र राष्ट्रको लागि सिन्को नभॉच्ने 
 
देशै खतम, नेतै खतम,केहि गर्न सकिन्न यॉहा , भन्ने  जतिबेला फ्रष्टेटेड कुरा गर्ने , अनि गॉउ देखि आएर संघर्ष गरेर , भोकभोकै बसेर संघर्ष गरेर , हिम्मत नहारेर आफूलाइ स्थापित गरेकाहरूलाइ चाहि 
गाली गलौच  गर्यो अनेकथरि लान्छना लगायो बस्यो !
 
यो ठॉउमा जस्ले जति गालि गर्न सक्यो त्यो हिरो 
 
चूपचाप आफ्नो काम गरेर खाने पात्रहरू चाहि खलनायकरु 
 
ब्यक्तिगत जीवनमा कस्को तलमाथि हुन्न र ? 
 
को चाहन्छ खराब होस, तर भैदिन सक्छ कहिलेकाँही !
 
को छ यहॉ कमजोरी बिहिन मान्छे र ?
 
एउटै पेशामा भएका प्रतिष्पर्धीहरूकै संग्लग्नतामा पनि यस्ता गालि किन्ने र बेच्ने काम भैरहेको अबस्था छ !
 
यस्ता उत्श्रृखलता बिरूद्द साइवरमा  गयो कानून नै कमजोर, ठूला नेतालाइ गालि गर्यो भने समातेर तु कारबाहि सूरू गरिहाल्ने तर अन्य मानिसहरूलाइ गरिएको गालि गलौचको त रिपोर्ट भए पनि कस्ले सुन्नेरु सुने पनि बर्षौ लाग्ने, त्यसकै पछि लागिरहने फूर्सद कॉहा पाउनु फेरी ?
 
यस्तो जटिल परिस्थितिमा, आफू माथि खनिने त्यस्ता सामाजिक संजालका फूर्सदिला गालि सम्राटहरूलाइ
 
 
तिमिहरूले सामाजिक सञ्जालमै उनिहरूका हर्कत उदॉगो पार्ने जुन अभियान चलायौ त्यो एकदमै प्रशंसनिए छ ! दूबै जनालाइ शुभकामना ! 
जय नेपाल !!!

प्रतिक्रिया

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖