रास्वपा सांसद तोशिमा कार्की यतिबेला अमेरिका भ्रमणमा छिन्। उनले वाशिङ्टन डीसीमा अमेरिकी सांसद जनी ओल्स्जेस्कीसँग भेट गरेकी छिन्।
भेटमा नेपाल–अमेरिका सम्बन्ध सुदृढीकरण, लोकतान्त्रिक मूल्य, सार्वजनिक स्वास्थ्य, युवा नेतृत्व, महिला सशक्तिकरण र प्रवासी नेपालीहरूको सक्रिय सहभागिता लगायतका विषयमा छलफल भएको सांसद कार्कीले जनाएकी छन्।
उनले नेपालमा विशेषगरी सार्वजनिक स्वास्थ्य र जलवायु परिवर्तनका क्षेत्रमा अमेरिकी सहयोगको निरन्तरताको आवश्यकता औंल्याउँदै, हरित पूर्वाधार र दिगो विकासका लागि सहकार्यका सम्भावनाबारे पनि चर्चा गरेकी छन्।
अमेरिकी सांसद ओल्स्जेस्कीले नेपालसँगको सम्बन्धलाई अझ मजबुत बनाउने प्रतिबद्धता जनाएको बताउँदै दुबैबीच Congressional Nepal Caucus को भूमिकाबारे र द्विपक्षीय सहकार्यलाई स्थानीय तहसम्म पुर्याउनुपर्ने विषयमा पनि छलफल भएको सांसद कार्कीले बताएकी छिन् ।
