• Tuesday 27th of October 2026

अब काँधमा मरेको सिनो हालेर हिँड्न सकिँदैन, अर्ली महाधिवेशन गरौँ : रामकुमारी झाक्री


  • धनकुटा खबर
  • .

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाक्रीले अध्यक्ष माधवकुमार नेपालका कारण पार्टीमा सङ्कट आएकोले पार्टी पुनर्गठन गरेर जानुपर्ने बताएकी छन् । नेतृ झाक्रीले त्यसका लागि अर्ली (चाँडै) पार्टी महाधिवेशन गर्नुपर्ने समेत बताइन् ।

शनिबार राजधानीमा युवा संघ नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ झाक्रीले भनिन्- ‘म त भन्छु अर्लि महाधिवेशन गरौँ । कानुनी र संवैधानिक हिसाबले अध्यक्षमाथि समस्या आयो । कयौँ पार्टी सदस्यहरूमा पनि समस्या आएकै छ । अब काँधमाथि मरेको सिनो हालेर हिँड्न सकिँदैन ।’

उनले हलबाट नेतृत्व छान्दा जो कोही पनि नेतृत्वमा आउन सक्ने बताइन् । टिका लगाएर ल्याइएको केन्द्रीय सदस्यहरूबाट पार्टी बन्न नसक्ने र धेरै छिटो विघटनतर्फ जाने खतरा रहेको समेत नेतृ झाक्रीको भनाई थियो ।

प्रतिक्रिया
ताजा अपडेट

© 2026 DhankutaKhabar All right reserved  | Site By : SobizTrend Technology

✖